एक वर्ष अघि मात्रै प्रेम विवाह गरेका २२ बर्षीय भट्ट दम्पतिको शव रुखमा झुण्डिएको अवस्थामा फेला — OSNepal

एक वर्ष अघि मात्रै प्रेम विवाह गरेका २२ बर्षीय भट्ट दम्पतिको शव रुखमा झुण्डिएको अवस्थामा फेला

LC (KTM) November 17, 2021 0

डोटी १ मंसिर । डोटीमा एक दम्पतिले सामुहिक आत्महत्या गरेका छन् । जिल्लाको शिखर नगरपालिका-१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्टको शव घरनजिकै रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

अहिले उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनीहरुको शव मंगलबरा साँझ फेला परेको हो । स्थानीयले बताए अनुसार मृतक दम्पतिले एक वर्ष अघि मात्र प्रेम विवाह गरेका थिए ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर