महामन्त्री कोइरालालाई प्रकाशमानको चुनौती : प्रकाशमानको रेकर्ड हेरोस् — OSNepal

महामन्त्री कोइरालालाई प्रकाशमानको चुनौती : प्रकाशमानको रेकर्ड हेरोस्

LC (KTM) November 17, 2021 0

काठमाडौँ १ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महामन्त्री डा। शशांक कोइरालाले दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

नेता कोइरालाले काठमाडौंबाहिर नेता प्रकाशमान सिंहलाई कसैले चिन्दैन भनेपछि सिंहले पनि कोइरालालाई आफ्नो रेकर्ड हेर्न चुनौती दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको भन्दै भने,‘प्रकाशमानको रेकर्ड हेरोस् ।’

‘म फलानो भएकाले मैले मात्र हराउन सक्छु भन्ने, कसरी भन्दा थाहा छैन भन्ने होइन ।’ कोइरालालाई लक्षित गर्दै नेता सिंहले भने ।

१२ औं महाधिवेशनमा पार्टी सभापतिले भन्दा आफूले बढी भोट ल्याएको समेत उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर