स्कुल ड्रेसमा नाचेर टिकटकमा भाईरल भएका दाजु-भाई पहिलो पटक मिडियामा — OSNepal

स्कुल ड्रेसमा नाचेर टिकटकमा भाईरल भएका दाजु-भाई पहिलो पटक मिडियामा

LC (KTM) November 17, 2021 0

सानै उमेरदेखि नृत्यमा पारँगत दाजुभाई अभय र आयुष चौधरी पछिल्लो समय अझै चर्चामा छन् । बिभिन्न गीतहरुको कभर भिडियो कम्पिटिशन जित्दै डान्स रियालिटी शो डान्स प्लससम्म पुगेका यि दाजु भाईले दक्षिण भारतिय चलचित्र आर आर आर को नाटु नाटु गीतमा गरेको नृत्य टिकटकमा भाईरल भएको छ ।

अभय मात्र १५ बर्षका भए भने उनका भाई आयुष १० बर्षको भए । यि दुईले २०७२ सालको भुईचालोपछि नृत्य गर्न थाmेका हुन् । उनीहरुलाई नृत्य सिकाउने उनकै बुवा ऊँ चौधरी हुन् । आफ्नो सपना एउटा राम्रो कोरियोग्राफर बन्ने भएको त र सपना पुरा गर्न नसकेको ऊँले बताए । अब आफ्नो सपनालाई आफ्ना छोराहरुले पुरा गर्ने उनी बताउँछन् ।

ऊँ घरकै एक कोठामा दिनहुँ आफ्ना छोराहरुलाई नृत्य सिकाउँछन् । छोराहरुले पनि देश बिदेशका बिभिन्न स्टेजहरुमा नाचेर सबैको मन जितेपछि ऊँ दँग छन् । नाई मलाई थाहा छैन बोलको गीतको कभर भिडियो कम्पिटिशन जितेपछि यि दाजु भाईको चर्चा बढ्यो । यि दुईले उक्त कम्पिटिशनमा १ लाख रुपैंया उपहार जितेका थिइ ।

त्यसपछि अन्य धेरै गीतहरुको कभर, भारतिय डान्स रियालिटी शो डान्स प्लसको सहभागिताले यि दाजु भाईलाई खराउँदै लग्यो । शिशिर भण्डारीसँग कुरा गर्दै यि दाजु भाईले आफ्नो सपना साटे । साथै बुवालाई पनि धेरैले दाई नै हो भनेर झुक्किने गरेको रमाईलो अनुभव पनि यि दुईले सुनाए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर