जिल्ला कारागार रौतहटमा जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका साहको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला — OSNepal

जिल्ला कारागार रौतहटमा जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका साहको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला

LC (KTM) November 17, 2021 0

रौतहट १ मंसिर । जिल्ला कारागार रौतहटको एक कैदीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–७ का लडाइ साह रहेका छन् । उनको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागारले जनाएको छ ।

अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय भई कैद सजाय भोगी रहेका साह बुधबार शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

शौचालय गर्नका गएका उनी लामो समय सम्म पनि नआएपछि अन्य कैदी वन्दी हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनलाई तत्काल जिल्ला अस्पताल गौरमा ल्याउँदै गर्दा अस्पतालले मृत्यु भइसहेको जनाएको छ ।

यस विषयमा प्रहरीले अनुशनधान गरिने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर