थप ४१२ जनामा संक्रमण पुष्टि, २०२ जना निको र एक जनाको मृत्यु — OSNepal

थप ४१२ जनामा संक्रमण पुष्टि, २०२ जना निको र एक जनाको मृत्यु

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् भने एक जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर