OSNepal आइतबार, मंसिर १२ २०७८

‘सर्वोच्चमा देखिएको समस्या एक-दुई दिनभित्रै समाधान हुन्छ ’

‘सर्वोच्चमा देखिएको समस्या एक-दुई दिनभित्रै समाधान हुन्छ ’

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


‘सर्वोच्चमा देखिएको समस्या एक-दुई दिनभित्रै समाधान हुन्छ ’
Reading Time: < 1 minute

धनुषा, १ मङ्सिर -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । उहाँले भन्नुभयो “ सर्वाेच्चको समस्या एक÷दुई दिनभित्र सर्वाेच्चबाट नै सल्टिने छ । ”महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन आउनुभएको अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।”उहाँले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताउनुभयो । सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उहाँले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड