इजलास फर्किएका पाँच न्यायाधीशको स्पष्टिकरण : हामी अन्य न्यायाधीशको मतमा एकमत छौं — OSNepal

इजलास फर्किएका पाँच न्यायाधीशको स्पष्टिकरण : हामी अन्य न्यायाधीशको मतमा एकमत छौं

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । सर्वोच्च अदालतका असन्तुष्ट भएका १९ न्यायाधीशहरुको समुहबाट अगल भएका पाँच न्यायाधीशले आफुहरु अरु न्यायाधीशहरुसँगै रहेको स्पष्ट पारेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा सहभागी भएका पाँच न्यायाधीशले आन्दोलन छोडी इजलासमा फर्किएपछि आज बुधबार नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले पाँच न्यायायधीहरुसँग भेट गरेका थिए ।

भेटमा आफुहरु अरु विषयमा अन्य न्यायाधीशको मतमा एकमत भएको बताइएको छ । सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरुको छलफलबाट अलग भएको भन्दै इजलास फर्किएका थिए ।

तथापी, उनीहरु मंगलबारबाट इजलासमा भने बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर