समुन्द्रको कचरा बाट बनेको ज्याकेटमा बलिउड नायक आयुष्मान खुरानाले दिए यस्तो पोज, ज्याकेटको मुल्य नै यति महंगो — OSNepal

समुन्द्रको कचरा बाट बनेको ज्याकेटमा बलिउड नायक आयुष्मान खुरानाले दिए यस्तो पोज, ज्याकेटको मुल्य नै यति महंगो

LC (KTM) November 17, 2021 0

सबैले आफ्नो मन परेको अभिनेता तथा स्टारले बिभिन्न पहिरनमा स्टाइलमा पोज दिएको त सबैले देखेकै छ । बलिउडका हिरोहरु फेशन र स्टाइलका लागि कोही भन्दा कम छैनन् । एक पछि अर्काे सुपर हिट फिल्म दिएर दर्शक तथा फ्यानको मन जितेका नायक आयुष्मान खुराना अहिलेको दिनमा फेशनका हिसाबमा एकदमै चर्चित बन्ने गरेका छन् । आयुष्मान खुरानाको फिल्म चण्डीगढ करे आशिकी चाँडै रिलीज हुन लागिरहेको छ । यो फिल्म रिलीज हुनु भन्दा अघि उनी फिल्मको प्रमोशनमा ब्यस्त रहेका छन् ।

हालै यस फिल्मको प्रमोशनका क्रममा भएको एक इभेन्टमा आयुष्मानले एक सुपर स्टाइलिस गोल्ड तथा सिल्भर बम्पर ज्याकेट लगाएको बिषय चर्चा बनेको छ । आयुष्मानको डिस्को लुक ज्याकेट देखेर उनका फ्यानहरु एकदमै इम्प्रेस भएका छन् । साथै उनको लुक्स तथा लुगा दुबैको फ्यानहरुले तारिफ गरेका छन् । उनको यो सुपर स्टाइलिस गोल्ड तथा सिल्भर बम्पर ज्याकेटको डिजाइनर गौरव गुप्ता रहेका छन् । आयुष्मानले लगाएको यो ज्याकेट अरु मामुली ज्याकेट जस्तो भने हैन ।

यो ज्याकेटको फैब्रिक समुन्द्रको कचरा बाट बनाइएको हो । यसमा प्लाष्टिक र्यार्पस, बोतल तथा बायोडिग्रेडेबल प्रोडक्टको प्रयोग गरिएको छ । आयुष्मानले आफ्नो यो शानदार ज्याकेटका साथमा सेतो कलरको टिसर्ट, सेतै कलरको पेन्ट तथा स्निकर्स लगाएर पोज दिएका छन् । उनको यो स्टाइल तथा फेशनलाई फ्यानहरुले एकदमै मन पराएका छन् । उनले लगाएको यस ज्याकेटको मुल्य फेशन डिजाइनर गौरव गुप्ताको वेबसाइटमा ६० हजार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर