कतारलाई नेपालको मध्यम लक्ष्य — OSNepal

कतारलाई नेपालको मध्यम लक्ष्य

LC (KTM) November 17, 2021 0

कप्तान रुबिना क्षेत्रीको अर्धसतक मद्दतमा दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कतारको दोहामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनायो ।

कतारलाई १३० को लक्ष्य दिने क्रममा नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ५० रन बनाइन् । ४८ बलमा रुबिनाले तीन चौका र एक छक्का प्रहार गरिन् ।यस्तै ओपनर ब्याटर कविता कुँवरले ३० बलमा ३१ रनको योगदान दिइन् भने अप्सिरी बेगमले अविजित २३ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् । नेपालकी डली भट्ट शून्य रनमा आउट भएकी थिइन् ।

यता, टस हारेर बलिङको निम्तो पाएको कतारको लागि एन्जिलीन मारेले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी मारेले २८ रन खर्चिएकी थिइन् । यस्तै एलिना खान, सबिजा पानायन र साची ढड्वालले एक एक विकेट लिए । यसअघि तीन अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर