चार हात टेकेर हिडेको कांग्रेससँग एमालेसँग एक्लै चुनावमा लड्ने दम छ ? :अध्यक्ष ओली — OSNepal

चार हात टेकेर हिडेको कांग्रेससँग एमालेसँग एक्लै चुनावमा लड्ने दम छ ? :अध्यक्ष ओली

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई प्रचण्डपथले लगिसकेको भन्दै आलोचना गरेका छन् । बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा कांग्रेस कहाँ गयो भनेर प्रश्न गर्दै यस्तो आलोचना गरेका हुन् ।

‘काँग्रेस त प्रचण्ड पथमा गयो गयो, काँग्रेस त प्रचण्ड पथमा लागिसक्यो’ कार्यक्रममा ओलीले भने ।

नेपालको राजनीतिक इतिहासमा पुरानो इतिहास बनाएको काँग्रेस अहिले हराउँदै र बिलाउँदै गएको टिप्पणी गरेका उनले काँग्रेसका कार्यकर्ता के हेरेर अझै काँग्रेसमा बसिरहेको समेत बताएका छन् ।

”कहाँ छ विपी कोइरालाको काँग्रेस ? गणेशमानको काँग्रेस, कहाँ छ कृष्णप्रसाद भट्टराई हुँदाको काँग्रेस? अहिले त प्रचण्डले जे अह्रायो त्यहीँ’ ओलीले भने । कांग्रेस एक्लैले अब एमालेसाग चुनाव लड्न नसक्ने समेत ओलीले दावी गरेका छन् ।

कांग्रेसलाई प्रश्न गर्दै ओलीले भने, ‘चार हात टेकेर हिडेको कांग्रेससँग एमालेसँग एक्लै चुनावमा लड्ने दम छ ? सक्छ एमालेसँग एक्लै लड्न काँग्रेसले ? ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर