नायिका एलिजा गौतमले 'घुँइचो' मा अभिनय गर्ने, यस्तो हुनेछ फिल्मको कथा — OSNepal

नायिका एलिजा गौतमले ‘घुँइचो’ मा अभिनय गर्ने, यस्तो हुनेछ फिल्मको कथा

LC (KTM) November 17, 2021 0

काठमाडौं-नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घुँइचो’ मा अभिनय गर्ने भएकी छन् । रामजी दैलेखीको निर्माणमा बन्ने यो फिल्ममा एलिजाले काम गर्ने पक्का भइसकेको छ । आरजे म्युजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो
फिल्ममा काम गर्ने पाँउदा खुशी लागेको एलिजाले बताएकी छन् ।

फिल्ममा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्रा समेटिने बताइएको छ। जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ।

’निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाँडै टुंगो लगाइने जानकारी गराएका छन्।एलिजाले केही महिनाअघि ‘घिन्ताङ’ मा अभिनय गर्ने सम्झौता गरेर पछि फिल्म छोडेर बेलायत गएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर