भाबुक हुदै बलिउड अभिनेता अक्षय कुमारले भने– किन हो आज आमा तपाईको याद एकदमै आईरहेको छ — OSNepal

भाबुक हुदै बलिउड अभिनेता अक्षय कुमारले भने– किन हो आज आमा तपाईको याद एकदमै आईरहेको छ

LC (KTM) November 17, 2021 0

चलचित्र राम सेतुको शुटिंगको दौरानमा बलिउड अभिनेता अक्षय कुमारलाई आफ्नो आमाको यादले एकदमै सताएको छ । उनले एक भिडियो शेयर गर्दै उनी आफ्नै फिल्मको लुक्समा देखिएका छन् । उनले शेयर गरेको यो भिडियोमा एकदमै निराश देखिएका छन् । उनी सधै जस्तो सुकै मुश्किल घडीमा पनि मुस्काइरहने गरेका थिए । चाहे उनी करियरको तनावमा होस या जिन्दगीको उकाली ओरालीमा होस् आफ्नो दर्दलाई एकदमै नियन्त्रण गर्ने गर्दछन् ।

सेप्टेम्बरमा अक्षयको आमा अरुणा भाटियाको निधन भयो त्यतिबेला उनले आफ्नो दुःख देखाएका थिएनन् । तर जे भए पनि आखिर आमा त आमा नै हो । उनको याद नआउने कुरै हुदैन । राम सेतुको फिल्मको शुटिंगको दौरान आफ्नी आमाको यादले एकदमै सताएको हो । उनले एकदमै भाबुक हुदै एउटा भिडियो शेयर गर्दै लेखेका छन्– किन हो आज आमा तपाईको याद एकदमै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर