OSNepal बिहिबार, मंसिर १६ २०७८

बैतडीमा प्याजका बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्छन किसान

बैतडीमा प्याजका बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्छन किसान

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


बैतडीमा प्याजका बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्छन किसान
Reading Time: < 1 minute

बैतडीको श्रीकोटका किसान बिक्री गर्न प्याजको बिरुवा उखेल्दै ।

माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ : प्रचण्ड-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको हो ।

“चुनावमा जनताले नक्कली जलपबालालाई बढार्नेछन्”, प्रचण्डले भन्नुभयो, “मधेश र मधेशी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्वर एक बनाउनेछन् ।” यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उहाँको भनाइ छ । आफैँले दुई पटक मधेशी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उहाँले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताउनुभयो । “हामीले सम्बिधान संशोधन गरेर मधेश मुद्दा सम्वोधनको जमर्को ग¥यौँ” प्रचण्डले भन्नुभयो, “तर सम्बिधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।” त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गर्नुभयो । पछिल्लो न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गर्नुभयो । महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । समारोह (सभा) मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड