OSNepal शनिबार, मंसिर ११ २०७८

देउसीको रकम बोनम्यारो पीडित लेखकुमार र क्यान्सर पीडित रामकुमारलाई

देउसीको रकम बोनम्यारो पीडित लेखकुमार र क्यान्सर पीडित रामकुमारलाई

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


देउसीको रकम बोनम्यारो  पीडित लेखकुमार र क्यान्सर पीडित रामकुमारलाई
Reading Time: < 1 minute

उदयपुर, १ मंसिर -उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का स्थानीय युवाले देउसी भैलो खेलेको रकम बोनम्यारो र क्यान्सर रोगबाट पीडित बिरामीलाई हस्तान्तरण गरेका छन् । स्थानीय युवाले देउसी भैलो खेलेर जुटाएको रकम सोही स्थानका उपचाररत बोनम्यारो पीडित लेखकुमार राई र वडा नम्बर-४ बसाहाका क्यान्सर पीडित रामकुमार राईलाई हस्तान्तरण गरेका हुन् ।

दुवै बिरामीलाई ३०/३० हजारको दरले ६० हजार रुपैयाँ बिरामीको घरघरमै पुगेर हस्तान्तरण गरिएको युवा समाजसेवी साङगेनहाङ राईले बताए । बेल्टार बजारस्थित ‘दोषी साम्राज्य’ नामक संस्थामा आबद्ध युवाले बेल्टार बजारमा देउसी खेलेर संकलन गरेको रकम मध्ये बिरामीद्धयलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताएका छन् ।

गत वर्षको लकडाउनको समयमा पनि सो समूहले कटारीकी १३ महिने बालिका शियोना श्रेष्ठलाई ५० हजार र चौदण्डीगढी नगरपालिका–७ का अशक्त बुदन चौधरीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड