अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको ठुलो सफलता , कतार बिरुद्ध ६१ रनको अर्काे जित — OSNepal

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको ठुलो सफलता , कतार बिरुद्ध ६१ रनको अर्काे जित

LC (KTM) November 17, 2021 0

नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले ठुलो सफलता हात पारेको छ । त्यो पनि अन्तर्राष्ट्रिय क्रिकेटमा । एक खेल अगाडी नै टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज आफ्नो हात पारेको हो । घरेलु टिम कतारविरुद्धको तीन खेलको टी ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगाबै दुई शुन्यले आफ्नो बनाएको हो ।

नेपालले आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै ऐतिहासिक सफलता प्राप्त गरेको हो । सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो । दोस्रो खेलमा आज ६१ रनले फेरी स्तब्ध बनायो । अब तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । पहिला ब्याटिंग थालेको नेपालले कतार समक्ष १ सय ३० रनको मध्यम लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भएको थियो ।

कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन् । अरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । नेपालका लागि सरस्वती कुमारी चौधरी एक्लैले सर्वाधिक ४ विकेट लिएकी थिईन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले समान एक–एक विकेट लिए ।यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । रुबिनाको यो पहिलो टी(ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर