मृगौला फेर्न लागेकी चम्सुरीको मेरी बास्सैमा कम ब्याक , दर्शकका लागि दिईन् यस्तो सन्देश — OSNepal

मृगौला फेर्न लागेकी चम्सुरीको मेरी बास्सैमा कम ब्याक , दर्शकका लागि दिईन् यस्तो सन्देश

LC (KTM) November 17, 2021 0

माघको तेस्रो साता मिर्गौला प्रत्यारोपणको तयारीमा रहेकी हाँस्य कलाकार चम्सुरी अर्थात पल्पसा डंगोल आफ्नो अभिनय यात्रामा फर्किएकी छिन् । मृगौलामा समस्या देखिए पछि अस्पतालमा थलिएकी चम्सुरी अब फेरी पुरानै यात्रामा फर्किएकी हुन् । ६ महिनाको अन्तराल पछि उनलाई फेरि टेलिचलचित्र मेरी बास्सैमा देखिएको हो । उनको स्वास्थ्य अवस्थामा अहिले अलि सुधार देखिएको छ ।

त्यसैले आफु अभिनयमा फर्किएको उनले बताएकी छिन् । उनलाई मेरी बास्सैको टिमले फुलमालाले स्वागत समेत गरेको थियो । उनले फेरी मेरी बास्सैको टिम संग सेटमा काम गर्न पाउँदा एकदमै खुशी लागेको र आफु भाबुक समेत भएको प्रतिक्रिया दिएकी छिन् । उनको माघको तेस्रो हप्ता मृगौला प्रत्यारोपण हुन सक्ने र त्यतिन्जेल दर्शकले उनलाई मेरी बास्सैमा अब नियमित देख्न पाउने भएका हुन् ।

उनको मृगौला प्रत्यारोपणका लागि परिवारकै एक जना सदस्यले उनलाई मिर्गौला दिने बताइएको छ । आठ वर्ष अगाडी नै उनले आफ्नो मिर्गौलाको समस्या रहेको थाहा पाएकी थिइन् । यसबारे परिवारका सदस्यलाई उनले भनेकी थिईननन् । जानकारी बिना नै उनले मिर्गौलाको उपचार गराउँदै आएकी थिइन् ।

तर, गत जेठमा श्वासप्रश्वासमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । त्यतिबेला उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण मिर्गौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर