भारतद्धारा न्युजिल्याण्ड ५ विकेटले पराजित — OSNepal

भारतद्धारा न्युजिल्याण्ड ५ विकेटले पराजित

LC (KTM) November 17, 2021 0

टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा भारतले न्युजिल्याण्डलाई हराएको छ । आज घरेलु मैदान जयपुरमा भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ५ विकेटले हराएको हो । न्युजिल्याण्डले भारतलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

आजको यो जितसँगै तीन खेलको सिरिजमा भारतले एक शुन्यको अग्रता बनाएको छ । भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै कप्तान रोहित शर्माले ४८, केएल राहुलले १५ रनको योगदान दिएका थिए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रनको स्कोर तयार गरेको थियो ।न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले ।गुप्टिलले ७० रन तथा मार्कले ६३ रन बनाए । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले समान दुई दुई विकेट लिएका थिए भने दिपक चाहर र मोहमद सिराजले पनि विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर