OSNepal सोमबार, मंसिर २० २०७८

पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्ने

पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्ने

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्ने
Reading Time: < 1 minute

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् ।

नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२र८३ डलर पुगेको छ । गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो ।

एक वर्षमा दोब्बर भएको छ । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ ।” निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ । गोरखापत्र दैनिकमा समाचार छ ।

निगमले प्रतिलिटर ८३।४९ रुपियाँमा खरिद गरेको पेट्रोेललाई ५७।७३ रुपियाँ कर थपेर १३६ रुपियाँमा बिक्री गरिरहेको छ । डिजेलमा सम्पूर्ण कर प्रतिलिटर ४०।४१ रुपियाँ लिँदै आएको छ । मट्टितेलमा प्रतिलिटर १५।०२ रुपियाँ कर लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड