नागेन्द्र श्रेष्ठ र हिरा काजी थापाको अर्को सांगीतिक धमाका — OSNepal

नागेन्द्र श्रेष्ठ र हिरा काजी थापाको अर्को सांगीतिक धमाका

LC (KTM) November 18, 2021 0

काठमाडौँ । बरिष्ठ गीतकार हिरा काजी थापाको शब्द शृजनामा तयार भएको ‘के छ खबर’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । दाङका विभिन्न रमणीय स्थलहरुमा २ दिन लगाएर गीतकार थापाले नै निर्देशन गरेको गीतको अहिले सम्पादनको काम भइरहेको छ ।

गीतकार तथा निर्देशक थापा र बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’मा नागेन्द्र श्रेष्ठले बेजोड संगीत भरेका छन् । जसमा पहिलो नेपाल आइडलका बिजेता बुद्ध लामा र विदुषी सुनिता कार्कीको मिठो स्वर रहेको छ । गीतमा राहुल प्रधानको जादुमयी एरेन्ज रहेको छ । निकै नै आशा गरिएको गीतमा पछिल्लो समय टिकटकबाट भाइरल बनेर म्यूजिक भिडियोमा एकछत्र राज गरिरहेकी सुन्दरी मोडल उषा उप्रेती र अभिनेता सागर खनालको बेजोड अभिनय रहेको छ ।

अभिनयमा उषा र सागरका अलावा प्रविन डिसी, अनिल कट्टेल, सिम्रन श्रेष्ठ, सिर्जना उप्रेती र दाङका स्थानीय कलाकारहरु मिन बहादुर डांगी र आशादायी बालकलाकार सुशात सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

उक्त म्यूजिक भिडियोलाई सागर प्रधानले छायांकन गरेका हुन् भने प्रमोद भण्डारीको हेरिरहुँ लाग्ने कोरियोग्राफी रहेको छ । जसमा अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठको मेकअप, स्पोर्ट ब्वाईका रुपमा बिकेश लामा, फोकस पुलर प्रबिन राई, चालक नबिन जोशी, लाइट हेड बसन्त भण्डारी, लाइट म्यान रबिन्द्र खड्का, कमल, कपिल, रहेका छन् ।

भिडियोमा प्रोडक्सन म्यानेजरका रुपमा लोमश पौडेल र एक्जुकेटिभ म्यानेजरका रुपमा योगेश देवकोटा रहेका छन् । भिडियो निर्देशक थापाकै युट्युब च्यानल ह्यागं इन्टरटेनमेन्टबाट बजारमा छिट्टै आउनेछ । भिडियोलाई सबैले माया गरिदिनुहुन निर्देशक थापाले अनुरोध गरेका छन् । हेर्नुहोस् भिडियो छायांकनका क्रममा लिइएका यि रमाइला दृश्यहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर