पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर घोषित — OSNepal

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर घोषित

LC (KTM) November 18, 2021 0

लाहोर, २ मंसिर-पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ । वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर घोषित गरेको हो । बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।

पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन् । प्रदूषणका कारण आत्तिएका उनीहरुले वायु स्वच्छ गर्न माग गर्दै सरकारी अधिकारीहरुबिरुद्ध मुद्दा दायर गरेका छन् । तर, अधिकारीहरुले लाहोरको प्रदूषणको दोष छिमेकी भारतलगायतका देशहरुबाट फैलिएको धुवाँलाई दिँदै आएका छन् ।

‘बालबालिकाहरुले श्वासप्रश्वासजन्य रोग अनुभव गरेका छन् । भगवानका निम्ति भए पनि समाधान खोज,’ स्थानीय मजदुर मुहमद सइदले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर