OSNepal मंगलबार, मंसिर १४ २०७८

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु
Reading Time: < 1 minute

सुनसरी, २ मंसिर-आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो ।

बुधबार राति पाैने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड