दुई बच्चाकी आमा भइसक्दा पनि अभिनेत्री करिनाको रुपमा छैन कुनै कमि — OSNepal

दुई बच्चाकी आमा भइसक्दा पनि अभिनेत्री करिनाको रुपमा छैन कुनै कमि

LC (KTM) November 18, 2021 0

काठमाडौं – बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको ुकहानीु दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो ।

यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए । थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ ।

करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए, करिनाले भनिन् ।

सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर