कानुन व्यवसायीको आन्दोलनमा प्रहरीको बल प्रयोगबाट बारका अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते , अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिँदै — OSNepal

कानुन व्यवसायीको आन्दोलनमा प्रहरीको बल प्रयोगबाट बारका अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते , अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिँदै

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा बसेका १२ जना कानुन व्यवसायी घाइते भएका छन् । नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायी घाइते भएका हुन् ।

बिहिबार भएको प्रदर्शनमा प्रहरीले कानुन व्यवसायी माथि बल गरेको हो ।
प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले उनीहरुमाथि हातपात गरेको हो । दुई समुह बिच घम्साघम्सी हुँदा बारका अध्यक्ष श्रेष्ठ घाइते भएका छन् । उनलाई अस्पताल लगिएको भन्दै प्रर्दशनमा उत्रिएका कानुन व्यवसायीहरुले माइकिङ गरेका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले माफी माग्न समेत आग्रह गरेका छन् । साथै आफ्नो आन्दोलनमा साथ दिन समेत कुँवरलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर