सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन आन्दोलनरत कानुन व्यवसायीहरुको माग — OSNepal

सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन आन्दोलनरत कानुन व्यवसायीहरुको माग

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । सर्वोच्च परिसरमा तैनाथ दंगा प्रहरी हटाउन कानुन व्यवसायीहरुले माग गरेका छन् ।

प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी माथि प्रहरीले बल प्रयोग गरेपछि कानुन व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई दबाउन खोजेको भन्दै हतियारसहितका प्रहरी हटाउन माग गरेका छन् । प्रहरीको दमनबाट आज १२ जना घाइते छन् ।

प्रधानन्यायाधीश जवरा जाने वैकल्पिक गेटसम्म पुग्न खोज्ने कानून व्यवसायीहरुलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर