भारतीय चर्चित नायिका प्रीति जिन्टाले दिइन् जुम्ल्याहा बच्चालाई जन्म, जन्मे लगत्तै नाम समेत राखिन् — OSNepal

भारतीय चर्चित नायिका प्रीति जिन्टाले दिइन् जुम्ल्याहा बच्चालाई जन्म, जन्मे लगत्तै नाम समेत राखिन्

LC (KTM) November 18, 2021 0

एजेन्सी । भारतीय चर्चित नायिका प्रीति जिन्टाले आज जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । बिहिबार जुम्ल्याहा बच्चाकी आमा बने लगत्तै उनी र उनका श्रीमान जिन गुडइनफले प्रशंसकलाई इन्स्टाग्राम पोस्टमार्फत् आफ्ना जुम्ल्याहा बच्चा जन्मेको सर्प्राइज घोषणा गरेका छन् ।

प्रीतिले श्रीमान जीनका साथमा खिचेको तस्विर सामाजिक संजालमा पोस्ट गर्दै इन्स्टाग्राममा खुशी साटेकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘नमस्ते सबैलाई, म आज तपाईंहरु सबैसँग हाम्रो खुसीको समाचार सुनाउन चाहन्छु। जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं।

हामी जीवनको नयाँ चरणबारे उत्साहित छौं।’ भारतीय मिडियाका अनुसार प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन्। आफ्नो पोस्टमा प्रीतिले सरोगेट र डाक्टहरुलाई पनि धन्यवाद व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भइदिएकोमा डाक्टर, नर्स र हाम्रो सरोगेटलाई हार्दिक धन्यवाद– प्रीति, जीन, जय र जिया।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर