ओभरडोज औषधिको सेवनबाट अमेरिकामा एक वर्षमा १ लाख जनाको मृत्यु — OSNepal

ओभरडोज औषधिको सेवनबाट अमेरिकामा एक वर्षमा १ लाख जनाको मृत्यु

LC (KTM) November 18, 2021 0

न्युयोर्क – अमेरिकामा ओभरडोज औषधि सेवनका कारण एक वर्षमा १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ । गत वर्षको अप्रिलदेखि सन् २०२१ को अप्रिलको अन्त्यसम्ममा ओभरडोज औषधि सेवनबाट यति धेरै मानिसहरूको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा २८ दशमलब ५ प्रतिशतले बढी हो ।

‘हामीले कोभिड महामारी नियन्त्रणका लागि धेरै प्रयास गरे पनि ओभरडोज औषधिका कारण भइरहेको मृत्युलाई बेवास्ता गरेका छौं,’ राष्ट्रपति जो बाइडेनले भने ।

कतिपय फार्मेसीले चिकित्सकले दिएको प्रेसक्रिप्सनबिना नै औषधि बिक्री गर्दा त्यसको दुरुपयोग भएको विज्ञहरुले बताउँदै आएका छन् । एक वर्षको अवधिमा कोभिड-१९ बाट अमेरिकामा ५ लाख ८ हजार जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर