आन्दोलनरत अधिवक्ता अर्यालयको आक्रोश : न्यायालय बचाउनको लागि म पहिलो सहिद बन्न तयार छुँ — OSNepal

आन्दोलनरत अधिवक्ता अर्यालयको आक्रोश : न्यायालय बचाउनको लागि म पहिलो सहिद बन्न तयार छुँ

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आन्दोलनरत अधिवक्ता ओम प्रकाश अर्यालले न्यायालय बचाउनको लागि आफु पहिलो सहिद बन्न तयार भएको भन्दै आक्रोश पोखेका छन् ।

बिहिबार हतियार सहित आएको दंगा प्रहरीको तैनाथले सर्वोच्च परिसर आतंकित बनेको थियो । सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका अधिवक्ता अर्यालले विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो भन्दै प्रधानन्यायाधीलाई प्रश्न गरेका छन् ।

सम्बोधनमा आक्रोशित हुँदै उनले भने ,’अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’,चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ’ ।

शान्तिपुर्ण आन्दोलनलाई एसएलआरसहितको प्रहरीको तैनाथले दमन गरेको बताएका उनले यस विषयमा प्रहरीले माफी माग्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर