नक्कली नोट र छाप्ने मेसिनसहित एकै घरका तिनजना सहित पाँच जना पक्राउ — OSNepal

नक्कली नोट र छाप्ने मेसिनसहित एकै घरका तिनजना सहित पाँच जना पक्राउ

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । नक्कली नोट र छाप्ने मेसिनसहित प्रहरीले एकै परिवारका तिन जना सहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर ६ नारायणटार बस्दै आएकी ५६ वर्षीया गोमा श्रेष्ठ, गोमाकी छोरी ४१ वर्षीया पुष्पा थापामगर र पुष्पाकी २६ वर्षीया छोरा सोमरोज थापामगर र अन्य दुई जना सिन्धुपाल्चोकको हेलम्बु९२ स्थायी घर भई बुढानिलकण्ठ-१० मिलनचोक बस्ने २३ वर्षीय चीरञ्जीवी जोती र १९ वर्षीय सुजन जोती रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक हजार दरका ३६ वटा नक्कली नोट, एक साइडमात्र प्रिन्ट गरिएको अवस्थाका एक हजार दरका २ सय ८ वटा नोट, एक साइडमात्र प्रिन्ट गरिएको पाँच सय दरका एक सय १२ वटा नोट बरामद गरेको छ ।

साथै, उनीहरुको घरतलासी गर्दा प्रहरीले एक सय दरका ८ वटा सक्कली नोट, ५० सय दरका २१ हजार रुपैयाँ बराबरको सक्कली नोट, २० दरका १० हजार ६ सय रुपैयाँ बराबरको सक्कली नोट, १० दरका ५ हजार २ सय रुपैयाँ बराबरको सक्कली नोट र ५ रुपैयाँ दरका २ सय ८५ रुपैयाँ बराबरोको सक्कली नोट पनि बरामद गरेको छ ।

सुरुमा प्रहरीले ५६ वर्षीया गोमा श्रेष्ठबाट नक्कली नोट फेला पारेको थियो । अनुशन्धान गर्दै जाँदा यी पाँच जना पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर