OSNepal शनिबार, मंसिर १८ २०७८

डाँका मुद्दाको फरार प्रतिवादी टंक नारायण पक्राउ,फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइयो

डाँका मुद्दाको फरार प्रतिवादी टंक नारायण पक्राउ,फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइयो

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


डाँका मुद्दाको फरार प्रतिवादी टंक नारायण  पक्राउ,फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइयो
Reading Time: < 1 minute

मोरङ २ मंसिर डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेलबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरी रहेका छन् ।

निजलाई जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर गरेको थियो ।

सजाय ठहर भएपछि फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड