आँधीपछि क्यानडामा संकटकाल : ठूलो संख्यामा सुरक्षाकर्मी खटिए — OSNepal

आँधीपछि क्यानडामा संकटकाल : ठूलो संख्यामा सुरक्षाकर्मी खटिए

LC (KTM) November 18, 2021 0

एजेन्सी -क्यानडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो ।

कोलम्बियामा मंगलबार राती ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर