कोइरालाको अभिव्यक्तिले चिडिएका प्रकाशमानले भने- काठमाडौंबाहिर कसले चिनेको छ भन्नेलाई अब म देखाउँछु, प्रतिस्पर्धा गरौं — OSNepal

कोइरालाको अभिव्यक्तिले चिडिएका प्रकाशमानले भने- काठमाडौंबाहिर कसले चिनेको छ भन्नेलाई अब म देखाउँछु, प्रतिस्पर्धा गरौं

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो शक्ति देखेर हमला हुन थालेको बताएका छन् । आफ्नै पार्टीका महमन्त्री शशांक कोइरालाले नेता सिंहलाई काठमाडौं बाहिर कसैले चिज्दैन भनेपछि चिडिएका सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउने चेतावनी दिँदै आफुमाथि महला हुन थालेको बताएका हुन् ।

बिहिबार सम्पादकहरुसँगको कुराकानी नेता सिंहले फेसबुकमा फोटो राखेर देश घुमेको मानिन्छ र भन्दै प्रश्न गरेका छन् ।

‘काठमाडौंबाहिर कसले चिनेको छ भन्नेलाई अब म देखाउँछु । प्रतिस्पर्धा गरौं । फेसबुकमा फोटो राखेर देश घुमेको मानिन्छ ?’ कोइरालाई लक्षित गर्दै नेता सिंहले भने ।

पार्टी संस्थागत रुपले सञ्चालन गर्न आफुले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन् । कोइरालाले सोमबार एक कार्यक्रममा नेता सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर