दाँतको दुखाइ कम गर्ने देखि अन्य रोगको अचुक औषधि ल्वाङ, यस्ता छन् अन्य अपत्यारीला फाइदा — OSNepal

दाँतको दुखाइ कम गर्ने देखि अन्य रोगको अचुक औषधि ल्वाङ, यस्ता छन् अन्य अपत्यारीला फाइदा

LC (KTM) November 18, 2021 0

काठमाडौ -धेरैले ल्वाङ खानाको परिकारमा मसलाको रूपमा प्रयोग गर्छन् । चिया र खानालाई सुगन्धयुक्त तथा स्वादिष्ट बनाउन यसको प्रयोग गरिन्छ । ल्वाङको काम यतिमा मात्र सीमित छैन । यसमा युजेनल नामक तत्व हुन्छ, जसले साइनस र दाँतको दुखाइबाट मुक्त गर्नुका साथै कैयौँ स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ ।

ल्वाङले गर्मी गराउने भएकाले जाडो मौसममा यसको प्रयोग बढी फाइदाजनक हुन्छ ।पेट दुखाइबाट ग्रसित मानिसका लागि ल्वाङ निकै लाभदायक हुन्छ ।ल्वाङको प्रयोगपछि यस्तो समस्या हुनेलाई राहत मिल्न जान्छ ।

ल्वाङले पेटको दुखाइसँगै टाउको दुखाइको समस्या भएकालाई पनि आराम प्रदान गर्छ । जाडोमा चिसो भगाउन पनि ल्वाङको प्रयोग गर्न सकिन्छ । नियमित ल्वाङको प्रयोगले चिसो मौसममा लाग्ने कतिपय भाइरल रोगबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर