प्रधानन्यायाधीश जबरामाथि लागेको आरोप छानबिनका लागि सरकारले संसद अधिवेशन बोलाउनुपर्छ : प्रकाशमान — OSNepal

प्रधानन्यायाधीश जबरामाथि लागेको आरोप छानबिनका लागि सरकारले संसद अधिवेशन बोलाउनुपर्छ : प्रकाशमान

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान समयमा सर्वोच्च अदालतमा देखिएको समस्याको विषयमा सरकारले बोल्नुपर्ने बताएका छन् ।

बिहिबार सम्पादकहरुसँगको कुराकानीमा नेता सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् ।प्रधाानन्यायाधीशमाथिको आरोप संसदले छानबिन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रधानन्यायाधीशले न्यायालयको गरिमा राख्न नसकेको भन्दै तिन साता देखि कानुन व्यवसायी आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर