प्रधानन्यायाधीश जबराको गोला प्रथाबाट अधिकार कटौती — OSNepal

प्रधानन्यायाधीश जबराको गोला प्रथाबाट अधिकार कटौती

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको गोला प्रथाबाट अधिकार कटौती हुने बताएका छन् ।राजीनामा दिनुपर्ने जवराको अधिकार कटौती हुने बताएका उनले राजालाई हटाउनु अघि पनि उसको अधिकार कटौती गरिएको स्मरण गराएका छन् ।

आज बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश विना नै अदालतको नियमावली संशोधन गर्नुको साथै गोलाप्रथाको कार्यविधि पास गरेको छ । यो राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू श्रेष्ठले बताएका छन् ।

त्यसपछि प्रधानन्यायाधीश आफुखुसी पेशी तोक्न नपाउनुका साथै प्रधानन्यायाधीशले गोला लिन पनि नपाउने उनले बताएका छन् । गोला प्रथा लागु भएपनि आफ्नो आन्दोलनको निणर्य भने फिर्ता नहुने बताएका छन् ।

पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले जे उद्देश्यले लिएर आन्दोलन गरेका छौं, त्यसमा तलमाथि पर्ने अवस्था भयो भने मान्दैनौं भनेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर