OSNepal मंगलबार, मंसिर १४ २०७८

एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्ने योगेश भट्टराईको दाबी

एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्ने योगेश भट्टराईको दाबी

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्ने योगेश भट्टराईको दाबी
Reading Time: < 1 minute

वाग्मती, २ मङ्सिर -नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ । आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँकमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गर्नुभयो । उहाँले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताउनुभयो । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उहाँको आरोप थियो ।

भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो । “देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ”, भट्टराईले भन्नुभयो । कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराउनुभएको थियो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड