बक्स अफिसमा तहल्का पिट्दै हिन्दी फिल्म सुर्यबंशी , २५० करोडको लिस्टमा — OSNepal

बक्स अफिसमा तहल्का पिट्दै हिन्दी फिल्म सुर्यबंशी , २५० करोडको लिस्टमा

LC (KTM) November 18, 2021 0

बलिउडका एक्सन किंग अक्षय कुमार तथा कैट्रिना कैफ स्टारर फिल्म सुर्यबंशीले बक्स अफिसम धमाल मच्चाईरहेको छ । कोरोनाको महामारी पछि यस फिल्मले थिएटर्समा फेरी एक पटक श्वास भरिदिएको छ । अक्षय तथा कैट्रीनाको यस फिल्मले बम्पर कमाई गरिरहेको छ । रिलीज भएको दोस्रो हप्तामा पनि यस फिल्मले एकदमै राम्रो कमाई गरिरहेको छ ।

ब्लकबस्टर साबित भइरहेको सुर्यबंशी फिल्म चाँडै २५० करोडको क्लबमा सामेल हुनेवाला छ । क्रिटिक्स तथा फ्यान्स बाट पोजेटिभ रिभ्यु पाएको फिल्म सुर्यबंशी वल्र्ड वाइड बक्स अफिसमा २४७ करोड रुपैया कमाई गर्न सफल भएको छ ।

फिल्मको लगातार भईरहेको धमकेदार कमाईलाई मध्यनजर गर्दै अक्षय तथा कैट्रीना कैफको यो फिल्म २५० करोड कमाउने फिल्मको लिस्टमा सामेल हुने तयारीमा रहेको छ । यस फिल्मले पहिलो हप्तामै १९० करोड रुपैया कमाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर