टिम परिचालन गर्दै देउवा, विभाजित हुँदै पौडेल खेमा — OSNepal

टिम परिचालन गर्दै देउवा, विभाजित हुँदै पौडेल खेमा

LC (KTM) November 18, 2021 0

१४औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका देउवाले आफ्नो पक्षमा वातावरण निर्माणका लागि समूह परिचालन गरिसकेका छन् । यता, देउवालाई महाधिवेशनमा हराउनका निम्ति संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको पौडेल खेमा भने विभाजित हुन थालेको छ । उनीहरू सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

सभापतिमा दाबी नछाड्ने भएपछि देउवाले प्रदेश-प्रदेशमा संयोजनका निम्‍ति नौ जना नेतालाई जिम्मेवारी दिएका छन् । देउवाले प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल र बाग्मतीमा डा. प्रकाशशरण महतलाई समन्वयको जिम्मेवारी दिएका छन् ।

उता, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिममा समन्वयको जिम्मेवारी रमेश लेखक र एनपी साउदले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर