एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने — OSNepal

एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने

LC (KTM) November 18, 2021 0

काठमाडौं, २ मंसिर-नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला शुक्रबार हुने भएको छ । भेलामा देशभरबाट उद्योग व्यवसायमा संलग्न रहेका नेकपा एमालेनिकट व्यवसायीहरूले सहभागिता जनाउने र नयाँ नेतृत्वको अनुमोदन गर्ने अध्यक्ष एलपी सावाँ लिम्बुले जानकारी दिए ।नेकपा एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको उपाध्यक्ष सीएन पाण्डेले जानकारी दिए । भेलाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । भेलामा नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौँको लैनचौर बैंकेटमा बिहान १०:३० बजेपछि सुरू हने भेलामा महासंघको केन्द्रीय सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, कर्पोरेट प्रदेशका सदस्यहरू, महासंघका जिल्ला शाखाका पदाधिकारी, सबै वस्तुगत संगठनका सदस्यहरू सहभागी हुनेछन् । भेलाले संगठन विस्तार सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने उपाध्यक्ष पाण्डेले बताए ।राष्ट्रिय भेलाले महासंघको नेतृत्वको मनुमोदन गर्ने र एमालेको महाधिवेशनमा सहभागिता र जनपरिचालन गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनको सौराहामा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर