२४ घण्टामा गण्डकीमा १८ जना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु — OSNepal

२४ घण्टामा गण्डकीमा १८ जना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

LC (KTM) November 18, 2021 0

गण्डकी- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुई कोरोना सaङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का ६४ वर्षीय पुरुष र मुस्ताङको थासाङ गाउँपालिका–२ का ९१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०७ पुगेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार प्रदेशमा २७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने १८ जना सङ्क्रमित थपिएका छन् । थपिनेमा कास्कीका आठ, तनहुँ र लमजुङका तीन÷तीन, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई, मनाङ र मुस्ताङका एक÷एक जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमित २८१ र होम आइसोलेसनमा २३७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर