सुदूरपश्चिममा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि — OSNepal

सुदूरपश्चिममा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

LC (KTM) November 18, 2021 0

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ७४५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी पिसीआरमा तीन र एन्टिजेन विधिमार्फत आठ जनामा सङ्क्रमण देखिएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई, बैतडी जिल्ला अस्पतालमा एक र एन्टिजेन विधिमार्फत कञ्चनपुरका छ र कैलालीका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर ११ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा १३ सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर