नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ऐतिहासिक सफलता , सिरिजनै क्लिन स्विप — OSNepal

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ऐतिहासिक सफलता , सिरिजनै क्लिन स्विप

LC (KTM) November 18, 2021 0

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज पुर्ण रुपमा आफ्नो पक्षमा पारेको छ । नेपालले सिरिजनै क्लिन स्विप गरेको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो तथा अन्तिम टी(ट्वान्टीमा कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै नेपालले सिरिज तीन शुन्यले फ्नो बनाएको हो । यो क्षण नेपालको लागि एकदमै अबिस्मरणीय रहेको छ । आफ्नो पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । । नेपाली टिम कतारबाटै शुक्रबार दुबई प्रस्थान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर