आम्दानीको ७० प्रतिशत लगानी डुबेको नायक सैफ अली खानको खुलासा , आफु ठगिएको बारे सार्वजनिक रुपमा नै बोले सैफ — OSNepal

आम्दानीको ७० प्रतिशत लगानी डुबेको नायक सैफ अली खानको खुलासा , आफु ठगिएको बारे सार्वजनिक रुपमा नै बोले सैफ

LC (KTM) November 19, 2021 0

बलिउड सिनेमा उद्योगमा एक समयको चलेको जोडीको रुपमा रहेका थिए अभिनेता सैफ अलि खान र अभिनेत्री रानी मुखर्जी । उनीहरुको जोडीलाई धेरै लामो समयको अन्तराल पछि फेरी दर्शकले देख्न पाउने भएका छन् । एकताका चलेको जोडी लाई अब फिल्म बन्टी और बबली २ मा देखिने भएको हो । अहिले सैफ यसै फिल्मको प्रमोसनका लागि दौडधुपमा रहेका छन् ।

फिल्मको प्रमोसनका लागि उनी विभिन्न कार्यक्रमहरुमा पुगिरहेका छन् । त्यस्तै हरेक ठाउँमा सैफले नयाँ नयाँ कुराको खुलासा समेत गरिरहेका छन् । फिल्मको प्रमोसनका लागि एउटा कार्यक्रममा सैफ रानी मुखर्जीसँगै पुगेका थिए । उनले त्यहाँ निक्कै ठुलो खुलासा गरेका छन् । सैफले आफूले कमाएको ७० प्रतिशत कमाई लुटिएको वा ठगिएको खुलासा गरेका हुन् ।

सैफले आफुले केही समयअघि एउटा घरजग्गामा लगानी गरेको र त्यो आफूलाई तीन वर्षमा मिल्ने भनिएको तर आजसम्म आफूले नपाएको खुलासा गरेका हुन् । त्यतिमात्र हैन सैफले छिटो प्रतिफल पाउने आशामा लगानीका लागि आफूले कमाएको ७० प्रतिशत आम्दानी नै खर्च गरिएको पनि बताए । यसरी आफु ठगिएको उनले पहिलो पटक सार्वजनिक गरेका हुन् । उनको र रानीको फिल्म बन्टी और बबली पनि यस्तै विषयमा आधारित फिल्म रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर