आज सार्वजनिक बिदा — OSNepal

आज सार्वजनिक बिदा

LC (KTM) November 19, 2021 0

वीरगञ्ज, ३ मङ्सिर -कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिनुभयो । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर