साइकल खरिदमा भ्रष्ट्राचार पुष्टि भएपछि मुख्यमन्त्री राउतको राजीनामा माग — OSNepal

साइकल खरिदमा भ्रष्ट्राचार पुष्टि भएपछि मुख्यमन्त्री राउतको राजीनामा माग

LC (KTM) November 19, 2021 0

काठमाडौं । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनमले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रमाणित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर