यी हुन् बोसो घटाउने सरल उपाय — OSNepal

यी हुन् बोसो घटाउने सरल उपाय

LC (KTM) November 19, 2021 0

काठमाडौं : पछिल्लो समयमा विकास हुँदै गइरहेको सहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण मानिसमा धेरै किसिमका रोग देखा पर्दै छन् ।मानिसले खाना खाँदा पनि खासै ध्यान दिएको पाइँदैन । धेरै चिल्लो, पिरो खाने, माछा मासु धेरै खानेजस्ता कुराले हाम्रो तौल अत्यधिक बढिरहेको हुन्छ । जसका कारण हामी अरूसँग बोल्दा, हिँड्दा अप्ठ्यारो महसुस गरिरहेका हुन्छौँ । कसैको शरीरभन्दा पेट पुट्ट निस्केर हैरान बनाएको हुन्छ । पेटमा भएको बोसो योगका माध्यमबाट कम गर्न सकिन्छ।

योग गर्नका लागि मानसिक रूपमा पूर्ण तयार हुनुपर्छ । यसपछि मात्र योग सुरु गर्नुपर्छ । त्यसपछि योग गर्नका लागि सजिलो आसन छान्नुपर्छ । शरीरलाई यताउता चलाउन सजिलो हुने गरी आसन रोज्नुपर्ने हुन्छ । त्यसपछि आरामसँग आसनमा बस्नुपर्छ ।

दुई कुर्कुच्चाको माध्यमबाट बिस्तारै उभिनुहोस् । अब श्वास लिएर दुवै हत्केलालाई शरीरभन्दा माथि गर्नुपर्छ । योग गर्दा श्वासमा ध्यान केन्द्रित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर