OSNepal शनिबार, मंसिर १८ २०७८

बाबा रामदेवले भने–भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्

बाबा रामदेवले भने–भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


बाबा रामदेवले भने–भारतभन्दा बढी नेपालीले मलाई  धेरै माया गर्छन्
Reading Time: < 1 minute

काठमाडौं, ३ मंसिर-काठमाडौं भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन् ।पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उनले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका हुन् ।

‘भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उनले भने, ‘३० वर्षअघि मलाई कोही चिन्दैन थे । तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ । अहिले सारा नेपालीले चिन्दछन् ।’

भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हो । म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ । सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ ।’नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उनले यसमा पतञ्जलिको पनि भूमिका रहेको बताए ।

साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड