अभिनेत्री दीपिकाको इन्स्टाग्राममा ६ करोड प्रशंस — OSNepal

अभिनेत्री दीपिकाको इन्स्टाग्राममा ६ करोड प्रशंस

LC (KTM) November 19, 2021 0

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो सूचीमा पर्न सफल भएकी छन् । हालै एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ । जसमा टिभी तथा चलचित्र जगतकी दीपिका पहिलो नम्बर रहेकी छन् । यो अनुसन्धानका लागि सामाजिक सञ्जालमा रहेका प्रशंसक, गुगल सर्च तथा विभिन्न विषयलाई माध्यम बनाइएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड प्रशंसक छन् ।

यसरी पछ्याउने फ्यानलाई आधार मानेर बेलायतको गाला बिंगोले दीपिकालाई एसियाको चलचित्र तथा टेलिभिजनको क्षेत्रबाट सबैभन्दा प्रभावशाली महिला घोषणा गरेको हो ।सौर्य दैनिकमा खब छ । बिंगोले निकालेको सूचीमा एसियाबाट दीपिकालाई प्रभावको दृष्टिले एक नम्बर मानेको हो । यसका लागि उसले सामाजिक सञ्जालका फ्यानसँगै गुगल सर्च र समाचारमा दीपिकालाई उल्लेख गरिएको संख्यालाई समेत आधार मानेको थियो । बिंगोले चलचित्र र टिभीबाहेक व्यापार, राजनीति र फेसनको क्षेत्रका मानिसलाई पनि प्रभावशालीको सूचीमा समेटेको छ ।

यस्तै, उनको सामाजिक सञ्जालमा सक्रियता, ट्विटको प्रभाव सबैभन्दा बढी छ । यस सूचीमा एरियाना ग्रेन्ड, किम कार्दसियन, एडेले, सेलिन डियोनसमेत रहेका छन् । विश्वभरका सयभन्दा बढी देशका टिभी, चलचित्र, राजनीति, व्यापारिक क्षेत्रका महिलालाई यो सूचीमा राखेर उत्कृष्ट ५ को सूची निकालिएको हो । दीपिकाको साथमा कैयौं इन्टरनेसनल ब्रान्ड छन् । यसैबीच, अभिनेत्री दीपिका चाँडै नै दोस्रो हलिउड चलचित्रमा काम गर्दै छन् । उनको पहिलो हलिउड चलचित्र ‘ट्रिपल एक्स ः जेन्डर केज’ ले खासै व्यापार गर्न नसके पनि उनको हलिउड यात्रा भने विस्तारै अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर