प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा — OSNepal

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा

LC (KTM) November 19, 2021 0

काठमाडौं, ३ मंसिर-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ ।

तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर