माइतिघरमा मोटरसाइकल हुँदा २१ वर्षीय युवकको मृत्यु — OSNepal

माइतिघरमा मोटरसाइकल हुँदा २१ वर्षीय युवकको मृत्यु

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । काठमाडौंस्थित माइतिघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज शुक्रबार बिहान भएको सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटसाइकलमा पछाडी सवार एक जनाको मृत्यु भएको हो ।

दुर्घटना पछि गम्भिर घाइते भएका उनलाई उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा लगिएको थियो । तथापी, उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले दिएको जानकारी अनुसार मोटरसाइकल चाकललाई भने नियन्त्रणमा लिइएको छ ।

मृतक काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर