आन्दोलनरत कानुन व्यवसायीमाथि हातपात गर्ने बौद्धका तीर्थ र मूलपानीका सिताराम पक्राउ — OSNepal

आन्दोलनरत कानुन व्यवसायीमाथि हातपात गर्ने बौद्धका तीर्थ र मूलपानीका सिताराम पक्राउ

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा बसेका कानुन व्यवसायीमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार धर्नामा बसेका कानुन व्यावसायीहरुलाई अपशब्द बोल्दै आन्दोलन रोक्न धम्की दिएका युवकहरुले कानुन व्यावसायीहरूसँग ‘फाइट’ गरेका थिए । त्यसपटि उनीहरुलाई प्रहरीले बेलुकी बौद्धबाट पक्राउ हो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ बौद्ध बस्ने तीर्थ ढकाल र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने सिताराम श्रेष्ठ रहेका छन् । अहिले उनीहरुलाई टेकुस्थित प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर